ताजा अपडेट »

‘मिडिया सरकारप्रति होइन, देश र जनताप्रति जिम्मेवार भैदियोस’

आइतबार, ०८ भदौ २०७६, १७ : ५९
6 Shares

भाद्र ८,
ग्लोबल आवाज
बुटवल । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले गणतन्त्र खतरामा नरहेपनि हमला गर्ने तत्वहरु सक्रिय रहेको उल्लेख गरेका छन् । जनताले स्थापना गरेको गणतन्त्र जनताले नै प्रतिस्थापन गर्न सक्ने बताउँदै उनले भने ‘धमिलो पानीमा माछा मार्न पल्केका तत्वहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन् ।’ उनले जनताको त्याग, तपस्या र बलिदानले ल्याइएको गणतन्त्र त्यति सजिलै नढल्ने बताउँदै उनले हमला गर्ने तत्वहरुसँग सचेत रहन सबैलाई आग्रह समेत गरे ।

प्रेस सेन्टर रुपन्देहीले आज आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्दै उनले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने बताए । ‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो । हामिले सरकारप्रति होइन, देश र जनताप्रति मिडिया जिम्मेवार भैदियोस भनेका हौं । जिम्मेवार भएर लेख्ने पत्रकारलाई सरकारले स्वतन्त्र छोडिदिने बताउँदै उनले अघि भने ‘प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने चिज होइन, मिडिया विधेकअनुसार अहिले गार्हो -गार्हो मानेपनि विस्तारै आउनुपर्छ ।’

मिडियाले न्यायधिशको काम नगर्न आग्रह गर्दै मन्त्री बास्कोटाले सोसल मिडियामा देखिएको विकृती रोक्न सरकारले ल्याएको विधेक पारित हुने अवस्थामा पुगेको जानकारी गराए । नागरिक स्तरबाटै सोसल मिडियाको दुरुपयोग रोक्नुपर्ने भन्दै उनले सरकारको एक्लो पहलले मात्रै नहुने उल्लेख गरे । सोसल मिडियाले मूल मिडियालाई निर्देशित गर्न नसक्ने बताउँदै उनले त्यस्तो भएमा समाज अराजकतातिर जान सक्ने बताए । पछिल्लो समय पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणका बारेमा सामाजिक सञ्जालमा छाएको विकृतितर्फ संकेत गर्दै उनले भने ‘भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन । मलाई व्यक्तिगत रुपमा कसैको नाम लिनु जरुरी छैन कुनैपनि घटनाको कानून् अनुसार छानविन तथा अनुसन्धान हुन्छ, कोही चिच्याएर हुँदैन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।