ताजा अपडेट »

विद्यालय सञ्चालनबारे स्थानीय तहका प्रतिनिधिसँग छलफल हुँदै

आइतबार, २० भदौ २०७८, १५ : ४०
4 Shares

काठमाडौं । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । काठमाडौं जिल्लाका स्थानीय तहहरुले आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने जनाएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौले स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार विद्यालय भौतिकरुपमा सञ्चालन गर्न सकिने अवस्था हो या होईन सो विषयमा बुझ्न जिल्लाका सबै स्थानीय तहलाई छलफलका लागि बोलाएको जानकारी दिए । बैठक भोलि (सोमबार) १ बजे जिल्ला प्रशासन कार्यालयमा बस्नेछ ।

स्थानीय तहहरुलाई संस्थागत र सामुदायिक विद्यालयहरुमा अनलाइनको पहुँच भएका र पहुँच बाहिर रहेका विद्यार्थीको संख्यासहित उपस्थित हुन आग्रह गरिएको पराजुलीले बताए । बैठकपछि विद्यालय भौतिक रुपमै सञ्चालन गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।