११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

काठमाण्डौं । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक्यो । भारतले एक गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो ।

Advertisement

पहिलो खेलमा निराश बनाएको नेपाली टोली आजको खेलमा घरेलु दर्शकलाई खुशी दिलाउन चाहन्छ । विश्व फुटबल महासङघ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थानमाथि रहेको छ । तर पहिलो खेलमा बराबरीमा रोक्न सफल भएकाले नेपाली टोली निकै उत्साहित देखिन्छ । आज साँझ ५.३० बजे दरशथ रङगशालामा हुने दोस्रो खेलमा नेपाली टोली जितका साथ मैदान प्रवेश गर्नेछ । नेपाली टोलीलाई पाँच हजारभन्दा बढी दर्शकको साथसमेत रहने छ ।

फिफा बरियताअनुसार भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ । सन् १९८५ मा बङ्गलादेशमा दोस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भारतबीच पहिलो पटक भिडेको नेपालले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् ।

पहिलो पटक नेपालले सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली खेलकूदमा भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नेपालले भारतलाई टाइब्रेकरमा हराउन सफल भएको थियो । नेपालले भारतसित घरेलु मैदानमा भने तीन पटक मात्र खेलेको छ । सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एशियाली खेलकूदमा पहिलो पटक खेल्दा भारतले नेपाललाई ४-० गोलअन्तरले हराएको थियो । यस्तै सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो पटक खेल्दा नेपालले भारतलाई २-१ गोलले हराएको थियो । उक्त खेलमा नेपालका लागि जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो ।

सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित्नेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढुक्क थिए । खासगरी भारतीय टोलीमा अनुभवप्राप्त पुराना खेलाडीको अभाव रहेकोबारे प्रशिक्षक अलमुताइरी जानकार थिए । भारतसित नेपालले बराबरी खेलेपछि आजको खेलमा आफ्नो टोली जित्नेमा उनको विश्वास छ । नेपालभन्दा अब्बल टोली भारतलाई बराबरीमा रोक्दा अलमुताइरी उत्साहित भएका छन् । उनले नेपाली टोलीले गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्दैएका छन्। अलमुताइरीको वाचाले पनि नेपाली टोलीमा उत्साह बढेको छ ।

नेपाली टोलीका लागि कप्तान किरणकुमार चेम्जोङ भरपर्दा गोलकिपर हुन । उनले पहिलो खेलमा पनि भारतीय टोलीलाई गोल गर्नबाट पटकपटक रोके । भारतीय कप्तान सुनिल क्षेत्रीलाई रोक्न सके मात्र पनि आफ्नो टोली खेल जित्नेमा चेम्जोङको विश्वास छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुद्ध थापा, ब्राण्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर छ ।

नेपाली टोली गोलकिपर चेम्जोङका साथै अन्जन विष्ट, सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटीगायत खेलाडीको प्रदर्शनमा भर पर्ने छ । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको टोलीबाट सर्वाधिक ७४ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउने छन् । बिहीबार खेल्दा उनले बिराज महर्जनसित बराबरी गरेका थिए । महर्जनले ७३ अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाली टोलीबाट सन्यास लिइसकेका छन् ।

अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । पहिलो खेलमा पाँच हजार एक सय दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । नेपाली टोली भारतसित ६ वर्षपछि खेल्न लागेको हो । नेपालले भारतीय टोलीलाई आठ वर्षयता हराउनसकेको छैन ।

भारतले नेपालको गोलपोष्टमा हालसम्म ३४ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा १० गोल मात्र गर्न सकेको छ । एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी