११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन् । स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उनले बताए ।

गत वर्ष सोही स्थानमा थोरै मात्रामा सडक भासिएको थियो । यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो । अहिले उक्त ठाउँमा पहिरो गएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको छ । सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन् । उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन् । रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी