ताजा अपडेट »

एक दिवसीय क्रिकेट: युएईमाथि नेपालको शानदार जित

शनिबार, १२ माघ २०७५, १६ : ११
2 Shares

माघ १२,

दोस्रो एकदिवसीय क्रिकेटमा  घरेलु टोली  युएईलाई १४५ रनले हराउँदै  नेपालले शानदान जित हात पारेको हो ।दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो।

नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे।

अर्को एक विकेट रन आउटबाट पाएको थियो। रोहितकुमार पौडेलले उत्कृष्ट र कीर्तिमानी ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।

नेपालका लागि रोहितले ५५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ , कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१ २१ करण केसीले १८ रन जोडे ।सन्दीप लामिछाने १४ तथा ललित नारायण राजवंशी ३ रनमा अविजित रहँदा दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए।  


एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली ब्याट्सम्यान बनेका रोहितकुमार पौडेल एक दिवसीय क्रिकेटमा अर्धसतक प्रहार गर्ने पहिलो कान्छा खेलाडीको कीर्तिमानसमेत बनाए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।