ताजा अपडेट »

कांग्रेस महाधिवेशन : अर्घाखाँची सभापतिमा आधा दर्जन बढीको दाबेदार

शनिबार, १९ भदौ २०७८, १९ : २१
12 Shares

बुटवल । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी अर्घाखाँची पनि बढेको छ । सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन आधा दर्जन बढी नेताहरु प्रत्याशी बनेका छन् । जिल्ला सभापतिको नेतृत्व लिन युवा नेताहरु अग्रसर छन् । केन्द्रीय स्तरमा देउवा पक्षका नेताहरु धेरै रहेपनि जिल्लामा पौडेल पक्षका नेता तथा कार्यक्रर्ताहरु प्रबल देखिन्छन् । केन्द्रमा देउवा निकट तथा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, नेतृ पुष्पा भुसाल लगाएतका रहेपनि जिल्लामा कार्यकर्ता भने पौडेल पक्षतर्फ प्रबल छन् । केन्द्रले जिल्ला समितिका लागि आगामी असोज १० गते निर्वाचन हुने मिति तय गरेपछि जिल्लामा रास्साकसी बढेको हो ।

वर्तमान जिल्ला सभापति विष्णु प्रसाद मुस्कानले पुनः जिल्ला सभापतिमै उमेद्वारी दिने घोषण गरेका छन् । यस्तै उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, महासमिति सदस्य केशब क्षेष्ठ, महाधिवेशन प्रतिनिधी ईन्द्रमणि पौडेल, अर्का महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष यादव घिमिरे, कांग्रेस अर्घाखाँची क्षेत्र नं. २ का सभापति अच्युत गौतम, पूर्वजिल्ला सहसचिव बाबुराम पौडेल लगाएतले सभापतिका लागि उमेद्वारी घोषण गरी प्रचारप्रसारमा जुटेका छन् । सभापति पदमा अर्घाखाँचीमा देउवा पक्ष र पौडेल पक्षको लडाई हुने देखिन्छ ।

अर्घाखाँचीका वर्तमान सभापति विष्णु प्रसाद खनाल मुस्कानले पुनः जिल्ला सभापतिमै उमेद्वारी दिने घोषणा गरेका छन् । खनालले केन्द्रमा सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची बुझाउने जिल्ला रुपमा अर्घाखाँचीलाई चिनाएका छन् । अर्घाखाँचीका प्रभावशाली तथा बलिया दाबेदार मुस्कानले स्थानीय तहको निर्वाचन निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन उल्लेखनिय भुमिका खेलेका थिए । उपचुनावमा एमालेको गण भनेर बुझिने मालारानी–३ मा कांग्रेसका शोभाखर खनाललाई जिताउन महत्वपूर्ण भुमीका निर्वाह गरेका थिए । उनी पौडेल पक्षका मानिन्छन् ।

जिल्ला सभापतिको लागि प्रभावशाली नेता मानिन्छन्, यादव घिमिरे । शिक्षण पेशामा आबद्ध उनले केही दिन अघि शिक्षक पेशाबाट अवकाश लिएको घोषणा पनि गरिसकेका छन् । विद्यार्थी देखि नै राजनीतिमा सक्रिय घिमिरे सभापतिका बलिया दाबेदार हुन् । उनी देउवा निकट हुन् ।

यस्तै, १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका इन्द्रमणि पौडेलले सभापति लागि उमेद्वारी घोषणा गरी प्रचारप्रसारमा जुटेका छन् । युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी वा स्वरोजगार उद्यमशीलतामा समाहित गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ युवाहरूलाई आयमूलक कार्यमा व्यस्त बनाउँदै काँग्रेसको संगठनलाई मजवुद बनाउँने दायित्व रहेको उनी बताउँछन् । पौडेल संस्थापन ईतर समुहका मानिन्छन् ।

जिल्ला सभापतिको दावेदारका कांग्रेस अर्घाखाँचीका वर्तमान सचिव छविलाल पौडेल छन् । रुपमा दक्षिण अर्घाखाँचीका पुराना नेता मानिने पौडेल पनि सभापतिका बलिया दाबेदार हुन् । उनी पौडेल निकट मानिन्छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीकि उपसभापति शान्ता भण्डारीले जिल्ला सभापतिको पदको लागि उमेद्वारी दिने बताएकी छिन् । उनले महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताइन् । उनी पौडेल निकट मानिन्छिन् ।

यस्तै, महासमिति सदस्य लेखनाथ पोख्रेल पनि सभापतिको उमेद्वारको रुपमा चर्चामा छन् । विद्यार्थी संगठन हुँदै पार्टीको राजनीतिमा लागेका पोख्रलले सभापतिका बलिया उमेद्वार हुन् । पोख्रेल नमुना गाउँपालिकाको रुपमा चिनिने छत्रदेव गाउँपालिकाका अध्यक्ष समेत हुन् । उनले १४ औं अधिवेशनबाट युवापुस्तालाई अगाडी सार्नुपर्नेमा जोड दिँदै आएका छन् । जिल्लाका ६१ वडालाई कांग्रेसको किल्ला बनाउने उनको उद्धेश्य रहेको बताउँछन् । उनी पौडेल पक्षका मानिन्छन् ।

जिल्ला सभापतिमा केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न उम्मेदवारी दिन लागेका हुन् । उनी पौडेल निकट मानिन्छन् ।

यसैगरी, नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. २ का सभापति अच्युत गौतमले पनि पार्टी सभापतिमा उमेद्वारी दिने आकांक्षा राखेका छन् । विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय अच्युतको जिल्लामा छुट्टै क्रेज छ । पार्टीमा निष्ठावान गौतम पाणिनी गाउँपालिकाका अध्यक्ष पनि हुन् । यूवाहरुलाई स्वदेशी भूमीमै रोजगारी सिर्जना गर्ने कृषिलाई प्राथमिकता दिने गरेका छन् । उनी देउवा निकट मानिन्छन् ।

काँग्रेसका पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल पनि सभापतिका दाबेदार हुन । समाजसेवामा सक्रिय पौडेल सभापति बन्न चाहेको बताए । उनी देउवा निकट हुन् ।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे