६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा छ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरे ।

Advertisement

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए। ७५ हजारभन्दा बढी सदस्य रहेको सहकारीका ५०० शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालन भएको पराजुलीको भनाइ छ ।

विशेषगरी गैँडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाकासमेत नगरवासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताए। मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्न सक्नेछन्। आगामी दशैँ, तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिकाभित्रका थप तीन स्थानमा मार्ट सञ्चालनको तयारी गरेको छ ।

दुई महिनाभित्र सहकारीले गैँडाकोटको वडानं ८, १० र १२ मा मार्ट सञ्चालन गर्ने गरी काम थालेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीले बताए। किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको किसान मार्टले स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको छ ।

किसान मार्टको प्रवद्र्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवा किसान मार्टमार्फत बिक्रीवितरण गर्ने योजना रहेको जानकारी दिए। महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको उनको भनाइ छ ।

किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको अध्यक्ष चालिसेले बताए। स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उनको भनाइ छ ।

आगामी दुई वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्तामाझ लैजानेसमेत योजना रहेको अध्यक्ष चालिसेले जानकारी दिए। किसान मार्टमा हाल ११ जनाले प्रत्यक्षरुपमा रोजगारीको अवसर पाएका छन्। कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको बताइएको छ ।

तीनखम्बे अर्थनीतिको महत्वपूर्ण पाटोका रुपमा सहकारी संस्था रहेको भन्दै गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले ‘एक सहकारी एक उत्पादन’ मा जोडदिनुपर्ने बताए। सहकारी उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै उनले उत्पादनमैत्री लगानी हुनुपर्ने आवश्यकता औल्याए ।

गैँडाकोट नगरपालिकाबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा स्थानीय उत्पादन पुर्याउने किसान मार्टको तयारी छ। यहाँको उत्पादन प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकारले समन्वय गर्नुपर्नेमा किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार