११ माघ २०७८, मंगलवार

Jan 25, 2022

वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो ।

Advertisement

कालीगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख गरी कूल रु ३८ लाख २० हजार ३५९ को लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी मर्मत तथा सरसफाइ परियोजना (वास) का संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीले बताए। मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेंसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए ।

“यो योजना आउनभन्दापूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो”, तातोपानी खानेपानी मर्मत तथा सरसफाइ योजनाका अध्यक्ष पदम थापाले भने, “त्यो पनि पर्याप्त थिएन घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो।” घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाले बताए ।

प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ। “खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ”, अध्यक्ष थापाले भने, “घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीय हर्षित पनि छन् ।”

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा खानेपानी तथा सिँचाइका लागि पानीको समस्या भएकाले गाउँपालिकाले खानेपानी तथा सिँचाइका लागि योजना अगाडि बढाइरहेको छ। केही निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणको चरणमा रहेका वास संयोजक अधिकारीले बताए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे