ताजा अपडेट »

गुट समाप्त पारि महाधिवेशन सम्पन्न गर्नुपर्नेमा क्षेत्रीको जोड

शुक्रबार, १८ भदौ २०७८, १९ : २९
4 Shares

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कांग्रेसको १४ औं महाधिवेशनलाई गुट र उपगुट समाप्त पारि सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् । शुुक्रबार मालारानी गाउँपालिकाको वडा नम्बर ५ को वडा अधिवेशनलाई सम्बोधन गर्दै क्षेत्रीले यस्तो बताएकी हुन् ।

उनले जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको उच्च भुमीका रहने बताउँदै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमति का साथ अघि बढ्ने बताइन् । क्षेत्रीले कांग्रेसबाट निर्वाचित हुनुभएका मालारानी ५ का वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।