ताजा अपडेट »

अर्घाखाँची पाणिनीकी उपाध्यक्ष गौतम एकीकृत समाजवादीमा

शुक्रबार, १८ भदौ २०७८, १८ : ००
6 Shares

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् । गौतमले शुक्रबार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन् । उनी २०७४ सालको स्थानीय तहमा निर्वाचना नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिईन् ।

उनी सँगै पाणिनी गाउँपालिका– ३ का वडा सदस्य ओमप्रकाश भुसाल र सन्धिखर्क नगरपालिका– १ की वडा सदस्य शुमित्रा मुखियाले नेकपा (एकीकृत समाजबादी) मा रहेको व्यहोरासहित सनाखत गरेका छन् । बिहीबार मात्रै मालारानी गाउँपालिका– ५ का वडा सदस्य डालबहादुर चौहानले सनाखत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।