१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

Advertisement

काठमाडौँ। नेपाललाई जनवरीदेखि अगस्टसम्म एक करोड ३३ लाख ५९ हजार ११० डोज खोप प्राप्त भएको छ । जसमध्ये एक करोड एक लाख तीन हजार ८६४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो प्रतिशतमा ७५.६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो डोज लगाएका छन् भने ४६ लाख ७७ हजार ९७६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । नेपालमा अहिले कोरोनाविरुद्धको तीन प्रकारका खोप प्रयोगमा ल्याइएको छ । जसमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याङ्कमा २१ लाख ३४ हजार ८४८ जनाले कोभिशिल्डको पहिलो मात्रा लगाएका छन् भने १२ लाख ३२ हजार ८५१ जनाले दोस्रो मात्रा लगाएका छन् । यसैगरी ३२ लाख ८९ हजार ९८८ जनाले भेरोसेलको पहिलो लगाएका छन् भने २० लाख ७० हजार ८५९ जनाले दोस्रो मात्रा लगाएका छन् । साथै १३ लाख ६३ हजार ६१८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

व्यवस्थापन महाशाखा खरिद प्रमुख उपेन्द्र ढुंगानाले जनवरी २१ मा भारतबाट १० लाख र भारतीय आर्मीको सहयोगमा एक लाख कोभिशिल्ड खोप प्राप्त भएको बताए । यसैगरी चीनबाट २९ देखि २१ मार्चसम्म आठ लाख भेरोसेल खोप, टीएआरबाट २ देखि २१ जुनसम्म दुई लाख, चीनबाट २ देखि २१ जुनसम्म फेरि आठ लाख खोप नेपाल आएको प्रमुख ढुंगानाले जानकारी दिए। त्यस्तै भुटानबाट १ देखि २१ अगस्टसम्म दुई लाख ३० हजार अष्ट्राजेनिका र यूके सरकारको सहयोगमा २६ देखि २१ अगस्टसम्म एक लाख ३१ हजार दुई सय डोज अष्ट्राजेनिका नेपाल आएको छ ।

ढुंगानाकाअनुसार नेपाल सरकारले खरिद गरेको दश लाख कोभिशिल्ड खोप २१ फेब्रअरीमा, ९ देखि ३० जुलाईसम्म ४० लाख भेरोसेल र १९ देखि २१ अगस्टसम्म १६ लाख भेरोसेल खोप नेपाल ल्याइएको थियो । यसैगरी कोभ्यास सुविधामार्फत ७ देखि २१ मार्चमा तीन लाख ४८ हजार कोभिशिल्ड खोप, अमेरिका सरकारको सहयोगमा ११ देखि २१ जुलाईमा १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन खोप र जापान सरकारको सहयोगमा ७, ९, २१ र २३ अगस्टमा अष्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएको उनले बताए ।

दुई करोड १७ लाख ५६ हजार ७६३ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सरकारले लिएको छ । नेपालमा पहिलोपटक ८ माघमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड भित्रिएसँगै खोप लगाउन सुरु गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा