ताजा अपडेट »

सीडीओ सवार गाडी दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

शनिबार, १२ माघ २०७५, १६ : ०३
8 Shares

माघ १२,

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका एसपी सवार गाडी शनिबार साँझ दुर्घटनामा परेको छ ।
 ना१झ १६३३ नम्बरको सो गाडी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ। मृतक पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत हुन् ।
दुर्घटनामा बाराका सीडीओ गणेश भट्टराई गम्भीर घाइते भएका छन् । उनलाई नारायणी उपेक्षीय अस्पताल वीरगन्जमा उपचारका लागि पठाइएको छ ।   

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । उनीहरु एक पिकनिक कार्यक्रममा सहभागि भएर फर्कँदै थिए ।
... थप विवरण आउने बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।