१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । देशकै गौरवको आयोजनाको रुपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ । अन्तर्राष्ट्रिय स्तरको स्तरोन्नती र उडानका लागि निर्माणाधिन विमानले यस क्षेत्रमा मात्र नभई देशकै आवागमनमा उत्साह जगाउँदै आएको छ । अन्तर्राष्ट्रिय स्तर र उडानको निर्माण भइरँदा सोही विमान स्थलमा पहिल्यैदेखि रहेको पुरानो, घरेलु विमानस्थल भने ओझेलमा परेको छ । सरकार र नागरिक उड्डयनप्राधिकरणको ध्यान अन्तर्राष्ट्रिय विमानस्थलतर्फ केन्द्रीत भइरहेको बेला वर्षौदेखि घरेलु उडान भरिरहेको भैरहवा विमानस्थलको अवस्थाबारे खासै चिन्ता र चासो देखिएको छैन ।

Advertisement

प्राधिकरण, सरकार, सरोकारवाला लगाएतले ध्यान नदिँदा आन्तरिक विमानस्थलको अवस्था र उडानका विषयहरु ओझेलमा परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘वैकल्पिक’ मानिने भैरहवा विमानस्थलको ट्रमिनल भवन ‘जीर्ण’ बनेको छ । नयाँ विमानस्थल निर्माण भइरहँदा पुरानोको अवस्थाप्रति खासै चासो नदिँदा पुरानो संरचनाहरु ‘जिर्ण’बनेको ठाकुरको भनाई छ ।

ट्रमिनल भवनको मर्मत सम्हार नहुँदा वर्षायाममा पानी चुँहिने र धेरै यात्रु हुँदा थेग्न सक्ने अवस्था नरहेको उनी बताउँछन् । ‘हामीले ट्रमिनल भवन पुरानो हुँदा समस्या झेल्दै आएका छौं । उनले भने, भवनको मर्मत सम्हार नहुँदा वर्षा याममा पानी चुहिने समस्या छ । ट्रमिनल भवन सानो र प्यासेन्जरहरु धेरै हुँदा थेग्न सक्ने अवस्था छैन् ।’ उनले ट्रमिनल भवन सानो हुँदा र कोरोना महामारीले भौतिक दुरी कायम गर्नुपर्दा प्यासेन्जरहरु अट्न नसक्ने बताए ।

ठाकुरले ट्रमिनल भवन ममर्त सम्हार गर्न प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरेको र मर्मत सम्हार कार्य अगाडी बढाउन टेन्डर आव्हान भएपनि संरचनाहरुको मर्मत कार्य भने अगाडी नबढेको बताए । निर्माण कार्य सुरु भए अबको ५/६ महिनासम्ममा मर्मत सम्हारको काम सकिने उनको भनाई छ । ‘ट्रमिनल भवनमर्मत सम्हारको विषयलाई लिएर मैले प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरे । कोरोना महामारीले आर्थिक अभाव छ । त्यसको वापजुत पनि महानिर्देशक ज्यूले टेन्डर आव्हान गर्नु भएको छ । उनले भने, अब तत्कालकाम अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ । काम सुरु भएअबको ५–६ महिनामा कार्यसम्पन्न हुन्छ ।’

घरेलु विमानस्थलको जहाज पार्किङ एरीया साघुँरो हुँदा पार्किङमा समस्याहुने गरेको छ । घरेलुतर्फ दैनिक ४ वटा मात्रै विमान पार्किङ गर्न मिल्ने भएपनि ७ वटासम्म जहाज पार्किङ गर्नु पर्ने बाध्यता रहेको ठाकुरले बताए । त्यतिमात्रै होइन, आगमन क्षेत्र पनि साघुँरो हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको उनको भनाई । ठाकुरका अनुसार विमानस्थलमा कम्तिमा ४ वटा विमान पार्किङको लागि क्षेत्रफल थपिए समस्या हट्न सक्छ । उनी भन्छन्, ‘विमानस्थलमा जहाज पार्किङ एरीया साघुँरो छ । दैनिक ४ वटामात्रै विमान पार्किङ गर्न मिल्ने अवस्था भएपनि हामि बल्लतल्ल ७ वटासम्म पार्किङ गर्ने गरेका छौं । उडानहरु थपिदैँ पार्किङको लागि हम्मेहम्मे परेको छ ।’उक्त विमानस्थलबाट यति एअरलाइन्स, सौर्य एअरलाइन्स, श्री एअरलाइन्स, बुद्ध एअर गरि दैनिक डेढ दर्जन उडान सञ्चालन भइरहेको ठाकुरको भनाई छ ।

विमानस्थलमा हेलिप्याड नहुँदा पनि सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आपतकालिन अवस्थाका लागि समेत हवाई जहाजलाई पार्किङ गर्ने ठाउँ नहुँदा सास्ती खेप्नु परेको उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक ठाकुरले बताए । उनले तत्कालको लागिकम्तिमा ४ वटा हेलिप्याड आवश्यक रहेको बताउँछन् ।

विमानस्थलमा जनशक्तिको पनि अभावरहेको उनी बताउँछन् । उडान र यात्रुको संख्या बढ्दा विमानस्थलमा कार्यरत जनशक्तिले थेग्न सक्ने अवस्था नरहेको ठाकुरको भनाई छ । हाल विमानस्थलमा १६/१७जनामात्रै कर्मचारी रहेका छन् ।

त्यस्तै गाडी पार्किङ स्थल पनि सानो हुँदा समस्या थपिएको छ । विमानस्थलमा कर्मचारीका लागि व्यवस्थित चमेना गृह नहुँदा समस्या झेल्दै आएको ठाकुर बताउँछन् । ‘विमानस्थलमा हेलिप्याड, जनशक्ति, गाडी पार्किङको अभाव पनि उत्तिकै छ । हामिसँग आपतकालिन अवस्थाको लागि हेलिप्याड छैन्, नीजि सवारी साधन पार्क गर्न ठाउँ साघुँरो छ । कर्मचारी पनि थोरै छौं, जनशक्तिको अभाव छ ।’

अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको निर्माण भइरहेको बेला घरेलु विमानस्थल ओझेलमा पर्नु दुःखद् रहेको उनको भनाई छ । उनले विमानस्थल मर्मत सम्हार नभए झन सास्ती खेप्नुपर्ने अवस्था आउने बताउँदै सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भइरहँदा र पछि उडान सुरु हुँदा घरेलु विमान स्थल पनि सोही अनुसार व्यवस्थापन गर्नुपर्ने देखिन्छ । किनकी अन्तर्राष्ट्रिय उडान हुने क्षेत्र राम्रो र व्यवस्थित भएर मात्रै हुँदैन । घरेलु विमानस्थलको अव्यवस्थित र पुराना संरचनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगार्ने छ । तसर्थ अन्तर्राष्ट्रिय स्तरको विमान स्थल निर्माण भइरहँदा घरेलु विमान स्थलको पनि मर्मत, स्तरोन्नती र व्यवस्थापनमा जोड दिन आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु