ताजा अपडेट »

कांग्रेस संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार खोज्ने

विहीबार, १७ भदौ २०७८, १६ : १७
4 Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् । 

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ ।’ पौडेलले भने, ‘हामी चारजनामध्ये एक जनाले मात्रै उम्मेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौँ ।’

सभापतिबारे छलफल भैरहेको र केहिदिनमा निर्णय गर्ने पौडेलले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।