ताजा अपडेट »

बुटवल–पाल्पा सडकखण्ड रातिमा पूर्ण रुपमा बन्द हुने

विहीबार, १७ भदौ २०७८, १४ : २६
6 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्ड २ दिन रातिमा पूर्ण रुपमा बन्द हुने भएको छ । गत हप्ता अविरल वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले पहिरो हटाउन रातिमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका साहयक प्रमुख जिल्ला शशीधर घिमिरेका अनुसार बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बुटवल–पाल्पा सडक खण्ड बन्द रहने छ ।

बन्दको समयमा एम्बुलेन्सलाई मात्रै चल्न दिने साहयक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । पहिरो ठूलो रहेकाले दुई दिनमा हटाएर नसकिए समय थप गरेर हटाइने उनले बताए । डुम्रेमा पहिरो गएपछि अवरुद्ध बनेको सो सडक बुधबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।