ताजा अपडेट »

जीवन-मरणको दोसाँधमा क्यान्सर पीडित सुशान्त : सरकारको ध्यान जान्थ्यो कि ?

विहीबार, १७ भदौ २०७८, १३ : २७
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले जिम्मेवारी सम्हाल्ने क्रममा क्यान्सर पीडित, मुटु रोगी लगायत दिर्घरोगीहरुलाई २ लाख दिने र उपचार खर्च सहुलियत गर्ने घोषणा गरेका थिए । तर एक बालक उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा अस्पतालमा छट्पटाएका छन् भने उनकी आमा रोएर दिन रात विताएकी छन् ।

पाल्पा माईती घर भएकी ३२ वर्षिया सञ्जु परियारका ब्लड क्यान्सर पीडित ११ वर्षिया छोरा सुशान्त परियार उपचार खर्च अभावमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा जिवनमरणको दोसाँधमा छन् । छोराको उपचार गर्ने खर्च नभएपछि याकुल ब्याकुल भएकी उनकी आमा अस्पतालमा भक्कानो छाडेर रुँदै सबैसँग सहयोगको याचना गर्दै आएकी छन् । श्रीमानले छाडेर बेसहारा भएकी उनले सरकारी निकाय, समाजाकि संघ–संस्था र ब्यक्तिग रुपमा सहयोग नभए आफूले छोरालाई बचाउन नसक्नेभन्दै गुहार माग्दै आएकी छन् । उनका छोरा सुशान्त गत डेढ वर्ष अघिदेखि ब्लड क्यान्सर पीडित छन् ।

चोट माथी चोट सहँदै सञ्जु
पाल्पाको रम्भादेवी गाउँपालिका-४ हुमिन माइती घर हो उनको । तर, उनका लागि माइतीघर अर्थात् बाबु आमा भन्नु मात्रै भयो । उनका बाबु वषौंसम्म भारतमा बेखबर भएर बसेका छन् । आमाले हेलत्व सहेपछि उनी स्याङ्गजाको कालिगण्डकी गाउँपालिका–६ गुरुङ्गदीकोट स्थित मावली घर मै हुर्किइन् । विवाह गर्ने उमेर पुगेपछि आफन्तले १३ वर्षअघि परासीको रामपुर चौराह स्थित राजकुमार परियारसँग विवाह गराई दिए । पछि उनीहरुको स-परिवार बुटवलको बेलवासमा बसाई-सराई गरे र अहिले पनि उनका श्रीमान सासु-ससुरा बुटवल, बेलवास मै छन् । उनका अनुसार राजेशले उनलाई तेश्रो श्रीमतीका रुपमा घर भित्राएका थिए । अर्की श्रीमतितर्फ १५ वर्षकी छोरी छन् । तर, श्रीमान श्रीमती बीच गत चार–पाँच वर्षयता मनमुटाव बढेपछि श्रीमान-श्रीमती बेग्ला-बेग्लै बस्दै आएका छन् । बाबु-आमा बीचको मनमुटाव र झगडाको मारमा ति निर्दोष बिरामी बालक परेका छन् ।

ब्लड क्यान्सर पीडित छोरोको उपचार कै क्रममा दुई/दुई पटक कोरोना पोजेटिभ देखा पर्यो । स–विस्तार आफ्ना पीडाहरु सुनाउँदै उनले भनिन्–‘माईतीतर्फ भाई र मामाहरुले अहिलेसम्म त साथ दिए तर, अब मेरो माईती मावलीले साथ देलान भन्नु पनि छैन । कतै साहारा नपाएपछि बिरामी नातीका लागि पनि बस्न देलान भनेर चितवनको क्यान्सर अस्पतालबाट फर्केर जेठ ११ गते बेलवासमा रहेको श्रीमानको घरमा छोरो लगेर गएँ । तर त्यहाँ पनि सासु ससुराले मेरा कपडा लत्ता बाहिर फाल्दीएर घर निकाला गरेपछि एउटी दिदीले मेरो विपद् देखेर बुटवल दुर्गानगर स्थित तिनाउ नदिको किनारमा रहेको खाली छाप्रोमा बस भन्नुभयो । त्यही आएर बसे । अहिले भरतपुर क्यान्सर अस्पतालमा छोरा भर्ना गरेकी छु, साथमा भएको पैसा सकिएर म मर्नु न ज्यूनुको अवस्थामा पुगेकी छु, हामी दुबै आमा छोराको जीवन रक्षाका लागि जो जसले जति सक्नु हुन्छ त्यति सहयोगका लागि म विन्ती गर्दछु ।’

ती बिरामी बालकका बाबु राजकुमार परियारले छोरालाई ब्लड क्यान्सर भएपछि आफूहरु चितवन अस्पतालमा पनि गएर हेर्दा मन थाम्न नसकेको तर, श्रीमतीको नमिठो बचनका कारण बिरामी छोराको ख्याल गर्न नसकिएको प्रतिक्रिया दिए । श्रीमती सञ्जुले भने श्रीमानले गुपचुप अर्को विवाह गरेर बसेका कारण आफू र विरामी छोरालाई वेवास्ता गर्दै आएको आरोप लगाइन् । राजकुमारले भने त्यस्ता आरोप आफूलाई पहिल्लैदेखि लगाएकै कारण अहिले यो स्थिति आएको बताउँछन् । एक छोरी भने उनीसँगै रहको उनले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार