ताजा अपडेट »

‘समृद्धि प्राप्तीका लागि उत्पादनमुखी कार्यक्रम आवश्यक’

शनिबार, १२ माघ २०७५, १५ : ५९
4 Shares

माघ १२,
बुटवल । बैंकिङ्ग, बिमा र पूँजी बजारका बारेमा आम मानिसलाई सम्पुर्ण जानकारी गराई बित्त बजारमा पहुँच बृद्धि गर्ने उद्देश्यले बुटवलमा दुइदिने बैंकिङ्ग एक्स्पो २०७५ सम्पन्न भएको छ । बैंक तथा बित्तिय संस्थाहरु, बिमा कम्पनीहरु, शेयर तथा धितोपत्र कारोबार गर्ने कम्पनीहरुको सहभागिता रहेको सो बैंकिङ्ग प्रदर्शनीमा कुल ४० वटा कक्षहरु रहेको र बित्त बजारका कार्यक्रम तथा अवसरहरुका बारेमा जानकारी गराइएको बताइएको छ ।


सो बैंकिङ्ग प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले दशकौं अघिदेखिको नेपाल र नेपालीको समृद्धिको सपना साकार पार्न आम नेपालीलाई उत्पादनमुखी कार्यक्रममा लगाउनु पर्ने बताउनु भएको थियो । हरेक नेपालीलाई उत्पादनमुलक कार्यक्रमसँग जोड्नका लागि बैंक तथा बित्तिय संस्थाहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुने उल्लेख गर्दै गभर्नर नेपालले आयात प्रतिस्थापन गर्ने उद्योगको प्रबद्र्धन गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई आग्रह गर्नु भयो ।
नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा मिडिया ईन्टरनेशनल काठमाडौंद्वारा आयोजित सो कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, डेभलपमेन्ट बैंक एसोसिएसनका उपाध्यक्ष प्रकाश पौडेल, लघुबित्त संघका सदस्य पर्वतकुमार कार्की, आयोजक संस्थाका माधव निर्दोष लगाएतले बित्तिय क्षेत्रमा पहँच बृद्धि गर्न तथा बैंक, बिमा र शेयर बजारबारे जागरण ल्याउन सहयोग पुग्ने बिचार ब्यक्त गर्नु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।