ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा खुल्यो

सोमबार, १४ भदौ २०७८, १६ : ४०
6 Shares

बुटवल । आइतबारदेखि अवरुद्ध रहेको बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

पाल्पाको तान्सेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो आशिंक रुपमा हटाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । ‘सोमबार दिउँसो ४ बजेबाट बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।’ प्रवक्ता पाण्डेले भने ‘ सबै पहिरो हटाएर दुईतर्फी रुपमा नै सडक सञ्चालनमा आउन भने धेरै समय लाग्छ होला।’

अबिरल वर्षाका कारण सो सडक खण्डका आधा दजर्न स्थानमा पहिरो खसेको थियो । अन्य स्थानको पहिरो आइतबार नै हटाएको थियो । तर, डुम्रेमा झरेको पहिरो ठूलो रहेका कारण सडक सञ्चालनमा आउन सकेको थिएन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।