ताजा अपडेट »

डुबान पीडित रोहिणीका ३ सय घरधुरीलाई राहत

सोमबार, १४ भदौ २०७८, १२ : ५०
4 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा डुबानबाट प्रभावित ३ सय घरधुरीलाई तत्काल राहत पुग्ने राहत सामाग्री बितरण गरिएको छ । रोहिणी गाउँपालिका र अन्र्तराष्ट्रिय बौद्ध समाजको समन्वयमा सु जी फाउण्डेशनले रोहिणीका बिभिन्न टोलमा राहत बितरण गरेको हो ।


रोहिणी गाउँपालिकाको कुश्मी, सेमरहवा, बिरनी, छिपागढ, कोटहवा, तरकुलहा, पक्डिहवा, कदमहवा, सुईलिहवा लगातको टोलमा राहत बितरण गरिएको छ । तत्कालको लागी २५ किलो चामल, १० किलो पिठो, सोयाबिन, तेल, दाल, साबुन लगायतको सामाग्री प्रदान गरिएको अन्र्तराष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए । समाचारबाट रोहिणी गाउँपालिकामा भएको डुबान र यस बाट धेरै परिवार प्रभावित भएको जानकारी आए पछि मानविय नाताले राहत प्रदान गरेको उनले जनाए । समाचारको माध्यमबाट प्रभावित परिवारका अन्न भिजेर खानपिनमा समस्या भएकोले अन्नको रुपमा राहत दिएको उनले बताए ।

२०५० साल देखी नै यो संस्थाले नेपालमा राहत प्रदान गर्ने, बाढी, डुबानबाट भत्केका घरहरु बनाईदिने लगायतका काममा सहयोग गरिएको उनले बताए । संस्थाले नेपालका कोभिडबाट प्रभावित परिवारलाई पनि गरि अहिले सम्म करिब ६० हजार परिवारलाइ राहत प्रदान गरेको छ ।
मलेसियामा रहेको सु जी फाउण्डेशनले उक्त राहत सामाग्री सहयोग गरेको भिक्षु मैत्रेयले जनाए । उनले सु जी भनेकै आपत बिपतमा राहत दिने नाम भएको र नेपालमा बिभिन्न बिपद्को समयमा फाउण्डेशनले सहयोग गर्ने गरेको बताए ।

स्थानिय मुकेश मुराउले बाढीको कारण घरमा भएको सबै अन्नपात नोक्सान भएको अवश्थामा रोहिणी गाउँपालिकाको सहयोगमा प्राप्त भएका राहत सामाग्रीले केही हद सम्म सहयोग पुग्ने बताए । उनले यो सामाग्रीले २ हप्ता सम्म आफ्नो घरमा चूल्हो बल्ने र त्यसपछिको अवश्था पनि सहज हुने विश्वास ब्यक्त गरे । उनले यस्तो बिपद्मा पाएको सहयोगले स्थानिय सरकार महशुश भएको बताए ।

भदौ १० गते भएको डुबानबाट रोहिणीको वडा नम्बर १, ३ र ४ सबै भन्दा बढी प्रभावित भएको थियो । अबिरल बर्षाका कारण मूख्य बाटो मात्र नभई यी वडाका अधिकांश टोलहरु जलमग्न हुदा धेरै परिवारको बिचल्ली भएको थियो । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवका अनुसार गाउँपालिकामा करिब ५ सय घरधुरी बाढी र डुबानबाट प्रभावित भएका थिए । यी मध्ये ३ सय परिवारलाई सु जी फाउण्डेशन र अन्र्तराष्ट्रिय बौद्ध समाजको सहयोगमा राहत प्राप्त भएकोले गाउँपालिकालाई केही सहज भएको उनले बताए ।

बाँकी परिवारको हकमा कुनै दातृ निकायले सहयोग गरे स्वागत गर्ने र सहयोग नआए पनि गाउँपालिका आफैले राहत बितरण गर्ने उनले जानकारी दिए । यस अतिरिक्त गाउँपालिकामा केही घरहरु समेत भत्केका कारण बिधि पु¥याइ उनिहरुलाई पनि क्षतिपूर्ति प्रदान गरिने यादवले जनाए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा