ताजा अपडेट »

विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरूलाई एमालेको सर्कुलर

सोमबार, १४ भदौ २०७८, १२ : ३६
2 Shares

काठमाडौं । नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न निर्देशन दिएका हुन् ।

गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा  पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।