ताजा अपडेट »

करेन्ट लागेर दुईको मृत्यु

सोमबार, १४ भदौ २०७८, १२ : ३३
6 Shares

धादिङ । गजुरी गाउँपालिका–५ बञ्चरेमा(९धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।