ताजा अपडेट »

सत्तारुढ गठबन्धन: तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय

सोमबार, १४ भदौ २०७८, ११ : ५७
4 Shares

काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय गरेका हुन् ।

बैठकमा मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने निर्णय भएको तर मन्त्रालय भागबन्डाबारे छलफल नै नभएको सहभागि एक नेताले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागि थिए ।

छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी थिए । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादीबाट नारायणकाजी श्रेष्ठ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ र समाजवादीबाट राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।