ताजा अपडेट »

अझै खुलेन बुटवल पाल्पा सडकखण्ड, पहिराे हटाउने क्रम जारी

सोमबार, १४ भदौ २०७८, ०८ : २५
4 Shares

बुटवल । लगातारकाे पानीले सिद्धार्थ राजमार्ग अन्तरगतकाे बुटवल पाल्पा सडकखण्ड अवरुद्ध रहेकाे छ। एक दर्जन स्थानमा पहिराे खसेकाेले अवरुद्ध सडकका धेरैजसाे स्थानका पहिराे फालेपनि अझै ३ स्थानकाे पहिराे हटाउन नसक्दा सडक खुल्न नसकेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

बुटवल पाल्पा सडक खण्डकाे गौडेपुल, डुम्रेमा पहिराे खसिरहेकाे ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ। पहिराे अझै नराेकिएकाेले पहिराे पन्छाउन गाह्राे भएपनि अब बढिमा ४ घण्टा सम्ममा एकतर्फि सञ्चालन गर्न सकिने प्रहरीले जनाएकाे छ । सडक अवरुद्ध हुँदा सैयाैँ यात्रु तथा सवारीसाधनहरु अलपत्र बनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।