६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

दाङ। तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा झमबहादुर वलीले गाउँलाई स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि आफूहरूलाई धेरै राम्रो भएको बताए । उनले बाख्रा पालन गर्दै आएका छन् । स्मार्ट कृषि कार्यक्रमले राम्रो खोर बनाउन सहयोग गरेपछि आफूलाई धेरै खुशी लागेको उनले बताए । उनीसँग अहिले साना र ठूला गरी १० वटा बाख्राहरू छन् ।

Advertisement

उनले भने, ‘बाख्रा पालन पहिलेको भन्दा यो कार्यक्रम लागू भएपछि सुधार भएको छ । उनलाई स्मार्ट कृषि कार्यक्रमले बाख्रा पालनको लागि मात्र नभइ भेटनरी पढेका छोराले पनि कृषि कार्यक्रमले प्राविधिकमा राखेको छ । कार्यक्रमले बाख्राको खोर, दाना, घाँस र औषधि उपचारमा हेरिरहेको छ ।’

त्यस्तै अब आफूले धेरै बाख्रा पालन गर्ने योजना बनाएको समेत बताए । त्यसका लागि किसानहरूलाई उन्नत जातका बाख्रा तथा बोकाहरु उपलब्ध गराउनु पर्ने समेत बताए । त्यस्तै उनले आफूहरूले उत्पादन गरेर खसीबाख्राको बजारिकरण भएमा अझ सहज हुने समेत बताए । त्यस्तै उनले बाख्रा खरिदको लागि आफ्नो करिब ढेड लाख खर्च भएको र स्मार्ट कृषि गाउँले खोर निर्माणको लागि करिब ८५ हजार सहयोग गरेको समेत बताए । त्यस्तै सोही ठाउँकी भिमा वलीले गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएपछि बाख्रा पालन व्यवसाय शुरु गरेको बताइन्।

उनले पहिला १÷२ वटा बाख्राहरू पाल्दै आएको भएयता पनि अहिले कार्यक्रमले घोर निर्माणमा सहयोग गरेपछि साना र ठूला गरी ७ वटा बाख्राहरू रहेको बताइन् । उनले भन्न्,ि ‘यो कार्यक्रमले गर्दा हामीलाई धेरै हौसला बढाएको छ । पहिला बाख्रा राख्नको लागि राम्रो खोर थिएन । वर्षायाममा पानीमा भिज्थे । गर्मी सयमा घाम मै हुन्थे । अहिले खोर भएपछि धेरै सहज भएको छ । बाख्रालाई बस्नको लागि धेरै राहत मिलेको छ ।’

स्मार्ट गाउँमा किसानहरूको बाख्राको बिमा बनाउने, खोर बनाउने काम भएको कार्यक्रम संयोजक टोप बहादुर वलीले बताए । उनका अनुसार गाउँमा ३० वटा बाख्राको खोर र २६ वटा बङ्गुरका खोरहरू तयार भएका छन् । उनले भने, ‘किसानहरूलाई घाँस फ्रि, बिमा फ्रि गरिएको छ । प्रदेश सरकारको ५० लाख र स्थानीय सरकारको १० लाखको सहयोगमा यो कार्यक्रम गाउँमा लागू भएको हो ।

तर, कोरोना महामारीले गर्दा धेरै कामहरू गर्न सकिएन ।’ गाउँमा यो कार्यक्रम लागू भएपछि धेरै किसानहरूलाई राहत मिलेको समेत उनले बताए । त्यस्तै उनले बाख्रा पालनतर्फ ५ वटा र बंगुर पालन तर्फ २ वटा अनिवार्य पालेकालाई मात्र यो कार्यक्रमले सहयोग गरेको समेत बताए । गाउँमा यो कार्यक्रम २०७७ फागुन देखि लागू भएको हो । प्रदेश सरकारले मात्र नभइ स्थानीय सरकारले पनि कृषि क्षेत्रमा धेरै काम गर्दै आइरहेको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अनुसार उपमहानगरले तरकारी खेतीमा आत्मनिर्भर बन्ने अवस्था रहेको छ । विगतमा धेरै बाहिरबाट आउने गएरको भएयता पनि अहिले आत्मनिर्भर बन्ने अवस्थामा रहेको शाखाका प्रमुख कृषि अधिकृत धनराज गौतमले बताए । उपमहानगरले उन्नत जातको बिउँमा ५० प्रतिशत छुट र विभिन्न कृषि यान्त्रिक उपकरणहरू पनि सहयोग गर्दै आएको समेत बताए।

विगतमा कृषि कार्यालयले गर्ने काम भन्दा स्थानीय तहले किसानहरूको लागि धेरै सहयोगका काम गर्दै आइरहेको समेत उनको भनाइ छ । त्यस्तै उपमहानगरले १९ वटै वडाहरूमा कृषि तथा पशुको प्राविधिकहरू राख्नको लागि प्रदेश सरकारमा माग भइहेको समेत उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता