ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको अनियमितताबारे छानबिन गर्न तरुण दलको माग

आइतबार, १३ भदौ २०७८, १७ : ४२
14 Shares
आइतबार, १३ भदौ २०७८
14 Shares

बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बुटवल उपमहानगर समितिले लुम्बिनी प्रादेशिक अस्पतालमा भएको करौडोको अनियमितताबारे अस्पतालका अध्यक्षलाई गम्भिर ध्यानाकर्षण गराएको छ । तरुण दलले आईतबार अस्पतालका अध्यक्षलाई भेटगरि क्षेत्र जस्तो संवेदनशिल संस्थामा अनियमितता गर्ने जो सुकै भएपनि कानुनी कठघारमा उभ्याउन आग्रह गरेको सभापति सुजन पुनले बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालमा १ करोड १८ लाख २७ हजार अनियमितता भेटिएको तथा सार्वजनिक खरिद ऐन विपरित प्रतिष्पर्धा विना नै औषधि तथा स्वास्थ्य सामग्री गरिद गरेको, कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई आवास तथा खाना खर्चका नाममा विवरण नै नखुलाई लाखौ रकम होटलमा भुक्तानी दिएको, नियम विपरित योजनाहरु टुक्राएर विना प्रतिष्पर्धा निर्माण कार्य गराएको, अस्पताल फार्मेसीमा रहेका औषधिहरुको आवश्यक विवरण नराखेको तथा कर्मचारीहरुले आयकर बापत तिर्नु पर्ने रकम नबुझाएको समेतका कैयौ बिषयमा गरी तसर्थ यस बिषयलाइ गम्भिर रुपमा लिई उक्त अनियमितता प्रकरणको वारेमा सत्य तथ्य सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषिहरु पत्ता लगाई दोषीहरुलाइ हदै सम्मको कारवाहीको लागि तरण दल बुटवल नगर समिति जोडदार माग गर्दछ ।’

तरुण दलले तत्काल अनुसन्धान नभए थप कदम चाल्न वाध्य हुने चेतावनी समेत दिएको छ । केही दिनअघि ग्लोबल आवाज डटकममा ‘लुम्बिनि प्रादेशिक अस्पतालमा करोडौं अनियमितता’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।