ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्ड आज नखुल्ने

आइतबार, १३ भदौ २०७८, १६ : ५४
6 Shares

बुटवल । लगातारको वर्षाका कारण आइतबार विहानबाट अवरुद्ध रहेको बुटवल–पाल्पा सडकखण्ड आज नखुल्ने भएको छ । सडकखण्डका बीच–बीचमा पहिरो खस्दो सो सडक आइतबार बिहानैबाट अवरुद्ध भएको थियो ।

अन्य ठाउँको पहिरो हटाइसकिएको र डुम्रेमा झरेको पहिरो हटाउन धेरै समय लाग्ने भएकाले बुटवल–पाल्पा सडक आज सञ्चालनमा आउने सम्भावना कम रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए । ‘अहिले पनि पहिरो हटाउने काम भइरहेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै प्रवक्ता पाण्डेले भने ‘ डुम्रेमा झरेको पहिरो ठूलो भएकाले सडक आज नै सञ्चालनमा आउने सम्भावन निकै कम छ ।’

बिहान गएका सबै पहिरो हटाएर दिउँसो केही समय एकतर्फी रुपमा सडक सञ्चालनमा आएको थियो । तर, डुम्रेमा झरेको पहिरोका कारण सडक पुन अवरुद्ध भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।