ताजा अपडेट »

गुल्मीमा विरामी चितुवाको उद्धार

आइतबार, १३ भदौ २०७८, १५ : ३९
10 Shares

गुल्मी । गुल्मीमा विरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–५ वस्तुमा विरामी अबस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अबस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷ ४ दिन अगाडीदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीयले बताएका थिए ।

बुढो र बिरामी देखिने चितुवा मानिसलाई आक्रमण लगायतका गतिबिधी भने गरेको थिएन । चितुवा १ दशमलव ५ मिटर लम्वाई ६० सेमी उचाई रहेको थियो । उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा उपचार गरेर राखिएको छ । चितुवा बुढो र बिरामी भएको अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।