ताजा अपडेट »

प्रधानमन्त्री ओली स्वदेश फिर्ता,नेविसंघले देखायो कालो झण्डा

शनिबार, १२ माघ २०७५, ०८ : २२
6 Shares

माघ १२,

काठमाडौँ । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन्।  ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाइएको छ । 


स्वीटजरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किने क्रममा नेविसंघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाएका हुन् । भीआईपी कक्षभित्रै छिरेर उनीहरुमाथि कालोझण्डा देखाइएको हो । कालोझण्डा देखाउने नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेता निरन्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको  छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।