ताजा अपडेट »

सरकारले जनअपेक्षा अनुसार काम गर्न सक्दैनः रायमाझी

आइतबार, १३ भदौ २०७८, १३ : ३०
4 Shares

अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने बताएका छन् । नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई चुत्राबेसीमा सम्बोधन गर्दै उहाँले प्रमादेश बाट निर्मित वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए ।

उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिका माथि ठाडो हस्तक्षेप गरेको बताए। उनले अहिले मुलुकमा जनादेश माथि प्रमादेशले शासन गरेको भन्दै दलिय व्यवस्था माथि प्रहारगरी निर्दलिय व्यवस्थाको सुवात गरिएको धारणा समेत राखे । नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले नेकपा एमाले नफुटेको भन्दै केही साथीहरू चोईटिएर गएको बताए । लहलहैमा लागेर सिमित नेताहरू वाहिरीएको भएपनि आम कार्यकर्ता र जनताले नपत्याएको भन्दै उहाँले केही समयपछि पछुतो मान्दै पार्टीमा फर्कने दावी समेत गरे ।

अर्घाखाँची जिल्ला बाट लगातार ३ पटक सांसद जित्दै आउनु भएका पुर्व उपप्रधानमन्त्री रायमाझीले आफु मन्त्री , सांसद भएपनि वा नभए पनि जिल्लाको बिकासमा कमि आउन नदिने बताए । उनले अरुले ५० बर्षमा गर्न नसकेको काम १३ बर्षमा गरेर देखाएको दावी समेत गरे । उनले केही व्यक्तिहरुले कांग्रेसको सरकार आएपछि एयरपोर्टको कामले तिव्रता पाएको भन्दै जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाए । एयरपोर्ट निर्माणको लागि चैतमा नै ठेक्का लागेको र नियमित प्रक्रिया अनुसार काम अगाडि बढेको उनको भनाइ थियो ।

रायमाझीले कसैले चाहेर पनि जिल्लाको बिकास नरोकिने भन्दै आफुहरु निक्कै चनाखो भएर लाग्ने समेत बताए । जिल्लाको विकास रोक्ने ,बजेट कटौती गर्ने गरिए जनता चुप लागेर नबस्ने समेत उनको चेतावनी थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल,जिल्ला कमिटीका सहसंयोजक पिताम्वर भुसाल ,सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ, नेकपा एमालेका युवा नेता लिला जि.सी. लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।