ताजा अपडेट »

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर पाल्पाका मनोरथले पाए ६ लाखबढी पुरस्कार

आइतबार, १३ भदौ २०७८, १२ : ३२
8 Shares

बुटवल । फेसबुकको सुरक्षा कमजोरी (बग) पत्ता लगाएर पाल्पाका २५ वर्षिय मनोरथ अर्यालले ६ लाख भन्दाबढी पुरस्कार प्राप्त गरेका छन् । अर्यालले बग पत्ता लगाएर ५ हजार २ सय ५० डलर प्राप्त गरेका छन् ।

फेसबुकले ५ हजार अमेरिकी डलर रिवार्डसहित त्यसको ५ प्रतिशत बोनस पनि दिएको थियो । उनले फेसबुकमा पेजलाई मेन्सन गर्दा पोष्ट पब्लिस नहुँदै मेन्सन गरेको पेजमा नोटिफिकेसन जाने समस्या पत्ता लगाएका थिए ।

उनले सन् २०२० को डिसेम्बरमा यो बग पत्ता लगाएका थिए । ‘मैले अरू व्यक्तिहरूको सामाजिक सञ्जाल व्यवस्थापन गरिरहेको हुन्छु,’ अर्यालले भने, ‘कहिलेकाँही आफ्नो पेजलाई मेन्सन गर्दा पनि त्यो समस्या देखें । २(३ पटक नै यस्तो समस्या देखेपछि डिसेम्बर २४ मा मैले रिपोर्ट गरेको हुँ ।’ उनले उक्त बगको बारे फेसबुकलाई रिपोर्ट गरेपछि फेसबुकले थप अनुसन्धानका लागि केही समय लिएको थियो । त्यसपछि उनले उक्त समस्याको भिडियो पनि फेसबुकलाई पठाएका थिए ।

‘बिचमा केही समय ग्याप भएको थियो । जुलाईमा मैले उक्त केसलाई पुनः खोलें,’ उनले भने, ‘अगस्ट १५ उताबाट रिपोर्ट समाधान भयो भनेर म्यासेज आयो । त्यसपछि अगस्ट १७ उनले तपाईको बग समाधान भएछ अहिले मेरोमा देखिएन भनेर रिपोर्ट गरें । त्यसपछि अगस्ट १९ मा फेसबुकले रिवार्ड दिएको हो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।