ताजा अपडेट »

‘रुपन्देही जब लिंक संघ’ को गठन, अध्यक्षमा पाण्डे

आइतबार, १३ भदौ २०७८, ११ : ५१
2 Shares
आइतबार, १३ भदौ २०७८
2 Shares

बुटवल । रुपन्देहीमा जब लिंक सम्बन्धि कार्य गर्ने संस्थाहरुको छाता संगठन ‘रुपन्देही जब लिंक संघ’को गठन भएको छ।

शनिबार रमेश लम्सालको संयोजकत्वमा बसेको संघको पहिलो भेलाले १२ सदस्यीय कार्यसमिति चयन गरेको छ। भेलाले अध्यक्षमा सुवास पाण्डे, उपाध्यक्षमा अविरल तिवारी, सचिबमा आयुष कंडेल, सहसचिवमा आशिका पोख्रेल, कोषाध्यक्षमा दिवस खनाल, सह–कोषाध्यक्षमा अस्मिता सापकोटा चयन भएका छन् । यस्तै सदस्यहरुमा दिपक केसी, नारायण पोख्रेल, दिपक लम्साल, सुरज पन्थ सरोज पौडेल, दिपक पराजुली चयन भएका छन् ।

जब लिंक संघ रुपन्देहीले रुपन्देही जिल्ला भरि रहेका त्यस्ता व्यवसायी र सामाजिक सेवालाई अगाडी बढाउने, रोजगार दाता तथा रोजगारीमा सहभागी हुने स्वरोजगारमा भएका युवाको लागि हक हित र संरक्षण गर्ने संघका सचिव आयुषा कंडेलले बताइन। संघमा हाल सम्म १५ वटा जब लिंकहरु आबद्ध रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।