४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

काठमाडौं । नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताको सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन् । पहाडमा पहिरो खसेको छ ।जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।

Advertisement

अब कहिलेसम्म झरी पर्छ ? भन्ने हाम्रो प्रश्न छ । ‘हिजोअस्तीभन्दा आज (आइतबार)झरी केही कम भएको छ । तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बर्खामा झरी नियमित प्रक्रिया हो ।’ न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन् ।

मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतको मौसम विज्ञान विभागको प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ ।

आइतबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ । तर, दिउँसो त्यससँगै कर्णाली र सुदूरपश्चिममा पनी पानी पर्ने आँकलन महाशाखाले गरेको छ । ‘लगातारको झरीले पहाडी भूभागमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘खहरे खोलामा भेलबाढीको जोखिम हुने भएकाले सवैले सतर्कता अपनाउन जरुरी छ । अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्दछौं ।’

गत बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासीको बतासा क्षेत्रमा २४ घन्टामै ४३४.२ मिलिमिटर पानी पर्‍यो, जुन अधिक भारी मात्र होइन, यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबैभन्दा बढी हो ।यो पटकको झरीमा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कडेलका एक मिनेटमा एक मिमी वर्षा हुँदा पनि भल बग्छ । यतिधेरै वर्षाले त बाढीपहिरो निम्त्याउँछ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?]