३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

Advertisement

काठमाडौ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए। धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो। अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन्। ‘अत्यन्तै तनावमा थिएँ। नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन्। तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो।

नीलहीरा समाजको तथ्यांकअनुसार लकडाउनमा मात्र २४ जना लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले स्वेच्छिक मृत्यु रोजेका छन्। अध्यक्ष गुरुङले भनिन्, ‘बेलैमा उपचार गरेर भण्डारी र अरू ३ जनालाई चाहिँ बचाउन सफल भयौं। आवेगमा आएर ज्यानै फाल्ने निर्णय गर्नुको पछाडि विभिन्न कुराले प्रेरित गरेको उनीहरूको तर्क छ। झुटो प्रेम, बुलिङ, अपहेलना, तिरस्कार, परिवार, समाजको अस्वीकार, अनावश्यक दबाब, आर्थिक भार, लैंगिक पहिचान नहुनु आदि मुख्य जड बनेका छन्।

भण्डारीले पनि आफ्नो वैवाहिक जीवनमा असन्तुलन महसुस गरेकी थिइन्। तर, उनले कसैलाई पनि यस्तो कदम नउठाउन आग्रह गरिन्। भनिन्, ‘शरीर पूरै गलेको छ, निकै गाह्रो हुँदोरहेछ। आवेगमा आउँदा दुःख पाइने रहेछ। जिन्दगीको महत्व बुझांै, अमूल्य जीवन खेर नफालौं।’

लकडाउनकै बीच धनगढीमा समलिंगी महिला जोडीले एउटै रूखमा झुण्डिएर ज्यान फाले। उक्त दुर्घटना निम्तिन आर्थिक समस्या रहेको बताइएको छ। २३ र २४ वर्षका ती जोडी नेपाल–भारत सीमाबाट सामान ल्याएर व्यापार गर्थे तर लकडाउनपछि यो चलेन। नीलहीरा समाजमा कार्यरत मिलन शाहका अनुसार सुदूरपश्चिमबाट आएका ती जोडी दिदीको घरका बस्थे। तर, आफन्तहरू पैसा भइन्जेल माया गर्ने र नभएपछि हेला गर्न थाले। ‘व्यापार बन्द भयो। आफन्तले हेला गर्न थाले। आर्थिक भार र अपहेलनाका कारण ज्यानै लिएको देखियो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया बुटवलको सडकको अवस्थाः जनसरोकारको बिषय बुटवलमा आज बिहानैदेखि ७ घण्टा विद्युत अवरुद्ध हुने विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा स्थानीयको बस्ती व्यवस्थापनपछि मात्रै बुटवलको तिनाउ-दानव करिडोर अघि बढ्छ : पौडेल