ताजा अपडेट »

मेगा बैंकद्वारा मन्दिर परिसरमा सरसफाई

शनिबार, १२ भदौ २०७८, २० : २७
2 Shares

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको मेगा बैंक तम्घास शाखाले मन्दिर सरसफाई गरेको छ । बैंकले शनिवारको दिन पारेर जिल्ला सदरमुकाम तम्घासमा रहेको तम्घासस्थान मन्दिर परिसरमा सरसफाई गरेको हो ।

मेगा बैंक तम्घास शाखा बैंकका कर्मचारीहरु मिलेर मन्दिर परिसरमा सरसफाई गरिएको बैंकका शाखा प्रमुख कालिदास पाण्डेले बताए । बैंकले सामाजिक उत्तर दायित्व वहन गर्दै मन्दिर परिसरमा सरसफाई गरिएको पाण्डेले बताए ।

कोरोना भाइरस को प्रभाब रहेता पनि मन्दिर परिसरमा फोहोर नहोस भनेर सरसफाई गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तर दायित्व अन्य क्षेत्रहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै जाने पाण्डेको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।