ताजा अपडेट »

विपद्को साहारा सशस्त्र प्रहरी

शनिबार, १२ भदौ २०७८, १८ : ५६
4 Shares


भैरहवा । भदौ १० गते देखी २ दिन परेको अबिरल पानीका कारण रुपन्देहीको दक्षिणी पूर्वि क्षेत्र डुबानका परि नराम्ररी प्रभावित बन्यो । डुबानकै कारण अरबौको धनमालको क्षति मात्र भएन ३ जना खोलामा डुबेका समेत छन् ।

जिल्लाका पूर्वि क्षेत्र डुबान हुदा नागरिकले पाएको सास्ती शसस्त्र प्रहरीले केही हद सम्म कम गरेको छ । डुबान प्रभावित क्षेत्रमा उद्दारमा खटिएको शसस्त्र प्रहरीले डुबान प्रभावितहरुलाई तत्काल राहत पुग्ने कार्यक्रम ल्याएर बिपद्को सहारा बनेको छ । जिल्लाका डुबान प्रभावित क्षेत्रमा शसस्त्र प्रहरीको टोलीले ज्यान जोखिममा राख्दै आम नागरिकको ज्यान जोगाएको छ, उनिहरुको उद्दार गरेको छ । शसस्त्र प्रहरीले बुटवल तिलोत्तमा, देवदह, सिद्धार्थ नगर, कंचन, रोहिणी, ओमसतिया गाउँपालिकामा सशस्त्र प्रहरी बल, नेपाल परिचालन भई बर्षाद तथा बाढीबाट प्रभावितहरुको उद्दार गरेको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ बेतौलियामा रोहिणी खोलाले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा खोलाले बगाई बेपत्ता भएका ५५ बर्षिय परमेश्वर कहारको शव फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीबाट खटिएको विपद् उद्दारको टोलीले शव खोलाबाट निकाली जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको नेपाल प्रहरीको टोलिलाई जिम्मा लगाईएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेक्वाका शसस्त्र प्रहरी नायब उपरिक्षक शोभाकान्त खनालले जानकारी दिए ।

यस्तै सोही स्थानमा दाउरा छोप्न गएका अजय चौधरी, रामअबतार कहार, उदयराज मल्लाहलाई रोहिणी खोलामा आएको बाढीबाट बच्न खोलाको बिचमा रुखमा चढी बसेको अबस्थामा सशस्त्र प्रहरी बल, नेपालको विपद् उद्दारको टोलिले उद्दार गरी सुरक्षित स्थानमा ल्याएको थियो । रुपन्देही देबदह नगरपालिका ११ मझपुरमा चारै तिरबाट पानिको बहाब बढ्न गई घरमा ब्याक्तीहरु थुनिएर रहेको अबस्थामा सशस्त्र प्रहरीले सोही ठाउ बस्ने राम किसन थारु, बुचिरा केवट, दिपक क्षेत्रि, सुरज पहारलाई उद्दार गरी सुरक्षित ल्याई राखेको शसस्त्रका डिएसपी शोभाकान्त खनालले जनाए ।

देवदहकै वडा नम्बर ३ बसन्तपुरमा रोहिणी खोलाको बहाव बढ्दा सुनिल केसीले संचालन गरेको फार्ममा बाढी पसेको थियो । उक्त स्थानमा उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपालको टोलीले सुनिल केसी, सनम थापा, सुरज क्षेत्री लगाएत ७ वटा जिउदो बाख्रा, २ वटा कुकुरको जिवितै उद्धार गरेको थियो ।

यस्तै सिद्धार्थनगर नगर पालिकाको वडा नम्बर १२ श्रीकृष्णपथमा डण्डा खोलाको बाढी प्रभावित १५ घर परिवारहरुका करिब ६० जना स्थानिय बासिन्दाहरुलाई वडा अध्यक्षको संयोजक्त्वमा भएको राहत वितरण कार्यक्रममा शसस्त्र प्रहरी निरिक्षक कुल बहादुर खड्काको कमाण्डमा खटिएको टोलिले डुङ्गाको सहायताले घर–घरमा लगि खाध्यान्न तथा पिउने पानी वितरण गरेको समेत गरेको थियो ।

बर्षाकै कारण आज सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ को भुजौलि खोलामा पौडी खेल्ने क्रममा हराइ रहेको सोही ठाउका ३५ बर्षिय बुद्धिराम यादवको शव शसस्त्र प्रहरीले फेला पारेको छ । दिउसो करिब १२ बजे पौडी खेल्न क्रममा यादव हराए पछि शसस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेक्वाबाट शसस्त्र प्रहरी निरिक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको १० जनाको उद्दार टोलीले पौने २ बजे तिर उनको शव फेला पारेको थियो । फेला परेको दुवै शव थप अनुसन्धानको लागी नेपाल प्रहरीको जिम्मा लगाईएको शसस्त्र डिएसपी शोभाकान्त खनालले जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा