ताजा अपडेट »

बुटवलका १८ सहित रुपन्देहीमा थपिए ३८ संक्रमित

शनिबार, १२ भदौ २०७८, १८ : ५१
4 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १३० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १२ जना, सैनमैना नगरपालिकामा ३ जना, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, शुद्धोदन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५२७ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९४ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।