ताजा अपडेट »

शुक्लाप्रति रुपन्देहीका जनप्रतिनिधिको ऐक्यवद्धता, प्रशासनको भूमिकामा शंका

शनिबार, १२ भदौ २०७८, १८ : ३२
10 Shares


भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) माथी लगाईएको जबरजस्ती करणी उद्योग मुद्दा बिरुद्ध रुपन्देहीका दक्षिणी क्षेत्रका जनप्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन् । उनिहरुलाई राजनैतिक ब्यक्तिाई ब्यक्तिगत रिस साध्न सुनियोजित तरिकाले फसाएको दावी गरेका छन् । जनप्रतिनिधिलाई फसाउनमा रुपन्देही प्रहरीको भुमिका पनि शंकास्पद रहेको जनप्रतिनिधिहरुको भनाई छ ।

शनिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनिहरुले सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला निर्दोष भएको थाहा हुदाहुदै प्रहरीले उनलाई फसाएको दावी गरिएको छ । गाउँपालिका अध्यक्ष महासंघका केन्द्रिय सदस्य समेत रहेका ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट “राहुल” ले प्रहरीले हिरासतमा राखेका शुक्ललाई भेट्न समेत नदिएको कारण प्रहरीको भुमिका पनि शंकास्पद रहेको बताएका हुन् । प्रहरीले अनुसन्धान नै नगरी महिलाको जाहेरीकै भरमा शुक्ललाई अन्य अपराधी जस्तै पक्राउ गर्नुले पनि प्रहरीको भुमिका संदिग्ध देखिएको उनको भनाई छ । उनले प्रहरीले अनुसन्धान गरेर गाउँपालिका अध्यक्ष दोषी देखिए मात्रै हिरासतमा राख्नु पर्नेमा अपराधी जस्तै पक्राउ गरि थुनामा राखेर अनुसन्धान गरेकोमा उनले आपत्ति जनाए ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जनप्रतिनिधिहरु रातदिन नभनि महिला, पुरुष, सिमान्तकृत समुदायको लागी काम गरि रहेको अवश्थामा जनप्रतिनिधिको मनोबल नै खस्किने गरि आरोप आएको बताए । “गाउँपालिकाका सबै नागरिकलाई परिवारकै सदस्य मानेर ब्यवहार गर्दै आईरहेका थियौ । रातदिन नभनि महिलाहरुको सेवा गर्दै आई रहेकामा अब यो घटनाले सोच्नु पर्ने बाध्यता ल्याईदिएको छ ।” यादवले भने ।

रुपन्देहीका दक्षिणी क्षेत्रका जनप्रतिनिधिहरुले बिज्ञप्ती जारी गर्दै यस बिषयमा निष्पक्ष छानबिन गरि अगाडी बढ्न माग गरेका छन् । उनिहरुले गाउँपालिका अध्यक्ष दोषी देखिए उनलाई कायवाहीको लागी आफुहरुले नै सहयोग गर्ने बताए । तर हुदै नभएको घटनामा राजनैतिक दुराशय राखी फसाउन खोजे त्यो आफुहरुलाई स्विकार्य नहुने उनिहरुको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै आरोपित शुक्लले पनि आफुलाई अन्य कतैबाट कुनै कमजोरी नभेटेका राजनैतिक प्रतिद्धन्द्धीहरुले पूर्वाग्राह राखी फसाएको दावी गरे ।

घटना भएको दिन आफु गाउँपालिकाको सम्पूर्ण टिम सहित पम्पिङ सेट बितरण कार्यक्रममा रहेको उनले बताए । स्वयम पिडित र वडा नम्बर १ का वडा अध्यक्ष बिच भएको कुराकानीमा पनि पिडित भनिएकी महिलाले जानी जानी शुक्ललाई फसाएको बताएका छन् । बाहिर आएको अडियो रेकर्डमा घटना हुने समयमा शुक्ला त्यहा नभएको महिलाले नै स्विकार गरेको स्पष्ट सुन्न सकिन्छ ।

उनले आफु निर्दोष भएको प्रहरीलाई बताईरहदा प्रहरीले पनि दबाबमा परि आफुलाई फसाउन खोजेकोले सञ्चार जगतको शरणमा आएको बताए । घटना भएको भनिएको समय आफु त्यहा नभएको र स्वयम महिलाले नै फसाउन खोजेको अडियो भिडियो प्रमाण भए पनि प्रहरीले त्यसलाई नमानेको उनको भनाई छ । “निष्पक्ष निकायबाट निष्पक्ष छानविन होस म दोषी देखिए कारावास मात्र हैन फाँसीको सजाय दिए पनि स्विकार छ ।” शुक्लाले भने ।

पत्रकार सम्मेलनमा लुम्बिनी सांस्कृतिम नगरपालिकाका मेयर मनमोहन सिंह चौधरी, उपमेयर जानकी देवी श्रीवास्तव, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, कोटही माई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बनिया, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार, सम्मरीमाई गाउँपालिकाका वडा अध्यक्षहरु, मर्चवारी गाउँपालिका वडा अध्यक्ष सुनिल जयसवालले ऐक्यवद्धता रहेको जनाएका छन् ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ललाई साउन २८ गते जबरजस्ती करणी उद्योगको आरोपमा उजुरी परे पछि प्रहरीले पक्राउ गरेको थियो । साउन २८ गते पक्राउ परेका शुक्ललाई रुपन्देही जिल्ला अदालतले १३ दिन पछि भदौ ८ गते साढे ५ लाख धरौटीमा रिहा गरेको थियो ।

के छ अडियो रेकर्डमा
प्रहरीमा जाहेरी दिएकी महिलाले नै गाउँपालिका अध्यक्ष बब्लु शुक्ललाई फसाउन लगाएको अडियो प्रमाण ग्लोबल आवाजलाई प्राप्त भएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार यादव र पिडित युवती बिच भएको वार्तामा युवतीले आफ्नो मामाको भनाईमा गाउँपालिका अध्यक्षलाई फसाएको बताएकी छिन् ।
रेकर्ड भएको २ मिनट २७ सेकेण्डको फोनवार्तामा उनले “मरधु” मामाको भनाई अनुसार बब्लु शुक्ललाई फसाएको स्पष्ट सुन्न सकिन्छ । मामाले फसाउनु छ भन्ने राम्ररी फसाउ न भनेको अडियोबाट सुन्न सकिन्छ । उनले घटना भएको दिन बब्लु शुक्ल त्यहा नभएको आफै भनेकी छिन् ।
पीडित भनिएकीको अडियो रेकर्ड :
वडा अध्यक्ष : तिमीलाई तिम्रो मरधु मामाले के भनेका थिए ?
पीडित भनिएकी महिला : उहाले भन्नु भएको उसलाई फसउनै छ भने राम्ररी फसाउ
वडा अध्यक्ष : कसलाई फसाउन भनेको थिए ?
महिला : त्यही बब्लु शुक्लालाई ।
वडा अध्यक्ष :त्यही बब्लु शुक्ललाई, अरु कसलाई फसाउन भनेका थिए ?
महिलाः अरु कसैलाई हैन ।
वडा अध्यक्ष :बब्लु शुक्ला त्यहा थिए जब तिमि त्यहा थियौ ?
महिलाः नाई

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा