ताजा अपडेट »

आवास ग्रुपका ६ उद्योग डुवानमा, करोडौंको क्षति

शुक्रबार, ११ भदौ २०७८, २२ : २९
8 Shares

बुटवल । लगातारको वर्षा र बाढीले आवास ग्रुपका ६ वटा उद्योगमा क्षति पुर्याएको छ । यस क्षेत्रको औद्योगिक समूह आवास गु्रपको रुपन्देहीमा रहेका विभिन्न उद्योगहरुमा वर्षा र बाढीले प्रभाव पारेको प्रबन्ध निर्देशक महेश थैवले बताए । आवास ग्रुपद्वारा सञ्चालित तिलोत्तमा नगरपालिका–१७, कोटिहवामा रहेका उद्योगहरुमा क्षति पुगेको हो ।

ग्रुपका ६ वटा उद्योग जलमग्न भएको र मेसीनरी औजारहरुमा नोक्सान पुर्याएको अनुमान गर्न सकिने प्रबन्ध निर्देशक थैवले बताए। उनले भने ‘लगातारको वर्षा र त्यसपछिको बाढीले हाम्रा ६ वटा जलमग्न भएका छन्, उद्योगहरुमा पानी भरिएकोले भित्र जाने अवस्था छैन । क्षतिको पूर्ण मूल्यांकन नभए पनि करोडौंको क्षति भएको अनुमान गरेका छौं । पानी कम भएपछि भित्र जान सकिन्छ। डुवानले सञ्चालित ५ वटा उद्योगका मेसीनरी उपकरणसहित कच्चा पदार्थ, अर्धतयारी र रेडीमेड सामग्रीहरु पनि क्षति भएको हुँदा करोडौंको क्षति भएको छ।’

उक्त ग्रुपबाट सञ्चालित शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, एभरेष्ट फूड एण्ड वेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधिन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा क्षति पुर्याएको थैवले बताए । लगातार परिरहेको वर्षा र त्यसपछीको बाढीले रातिको सिफ्टमा काम गरिरहेका मजदुर शुक्रबार बिहानसम्मै उद्योगमै रहेका थिए । मानवीय क्षति नभए पनि कामदार बस्ने सबै घरमा क्षति पुगेको थैवले जनाए । ती उद्योगहरुमा ८०० कामदार भएपनि करिब १०० जना जति उद्योगमै बस्दै आएका थिए । आवास समूहका एक दर्जन बढी उद्योग सञ्चालित छन् ।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे