१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । लगातारको अविरल बर्षाका कारण रुपन्देहीका उद्योगहरु प्रभावित भएका छन् ।अधिकांश उद्योगहरुमा डुबान हुँदा मेशीनरी समानका साथै उद्योगमा राखिएका कच्चा पदार्थ एवम् तयारी समानहरु समेत बिग्रिएको उद्योगीहरुले बताएका छन् ।

Advertisement

विशेष गरि भैरहवा-बुटवल सडकखण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर र भैरहवा– परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने उद्योगहरु डुबानबाट अति प्रभावित बनेका छन ।

भैरहवा–बुटवल सडक खण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर अन्तर्गत पर्ने पन्चकन्या समूह अन्तर्गतको उद्योगमा मात्रै करौडोको नोक्सान भएको छ । उद्योगका महाप्रवन्धक देवेन्द्र साहुका अनुसार पञ्चकन्या प्लष्टिक उद्योगमा प्लािष्टक बनाउनका लागी राखिएका कच्चा पदार्थहरु डुबानका कारण खराब भएको छ ।

यस्तै, उद्योग परिसर नै डुबानमा पर्दा मोटर लगायतका मेशीनरी समानहरु बिग्रेका छन् । “उद्योग परिसरमा अझै पनि पानी रहेको कारण अझै पनि ४/५ दिन उद्योग सञ्चालन गर्ने अवस्था छैन, यसले पञ्चकन्या मात्रै नभई यस क्षेत्रका प्राय उद्योगहरुले करोडौको नोक्सानी ब्यहोर्नु परेको छ ।” साहुले भने ।

सोही कोरिडोरमा रहेको एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालि, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योगहरु पनि डुबानमा परेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्याक्ष समेत रहेका एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालीका सञ्चालम अरुण कुमार गोयन्काले आफ्नै उद्योगमा मात्र प्लाण्ट र मेशीनरी र तयारी माल गरि डेढ करोड भन्दा बढीको नोक्सानी भएको बताए ।

उनले भैरहवा–बुटवल सडक बनाउदा गरिएको लापारवाहीका कारण आफुहरु बर्षेनी डुबानको समस्यामा परेको र करोडौका नोक्सानी ब्यहोर्नु परेको गुनासो गरे । सडक बनाउदा ढल निकासको उचित ध्यान नदिएको कारण डुबान हुने गरेको गोयन्काको तर्क रहेको छ । “६ लेनको बाटो बनाउदा २ बाई ४ फिटको ढल बनाएर हुन्छ ? कम्तिमा पनि २/२ मिटर चौडाई र गहिराईको नाली बनाएको भए यो समस्या आउने थिएन ।” उनले भने

डुबानका कारण भैरहवा-परासी सडक खण्डमा पर्ने सिद्धी बिनायक एग्रो ईण्डष्ट्रिज, श्री स्टिल, शंकर ग्यास उद्योग, जय माता दी पाईप उद्योग लगायतका आधा दर्जन बढी उद्योगहरु प्रभावित भएका छन् । एक्कासी आएको बाढीका कारण समानहरु जोगाउन नसक्दा नोक्सानी बढी भएको उद्योगीहरुको भनाई छ ।

सिद्धी बिनायक एग्रो ईण्डष्ट्रिजका सञ्चालक राम थापाले बाढीबाट उद्योगको पर्खाल भत्केको बताए । उनले उद्योगमा राखेको करोड भन्दा बढीको धान नोक्सान भएको बताए । यस्तै मोटर, कम्प्रेसर लगायतका मेशीनरी समानहरु पनि बाढीका कारण डुबेर बिग्रेको उनको भनाई छ । थापाले पानीको उचित निकास दिन नसक्दा यो क्षेत्र डुबानमा पर्ने गरेको बताउछन् । अग्लो बाटो र साँघुरो पुलहरु बनाएको कारण पानीको निकास हुन नसकेको उनको ठम्याई रहेको छ ।

भैरहवा-बुटवल सडक खण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर र भैरहवा– परासी सडक खण्ड अन्र्तगत रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने उद्योगहरु डुबानबाट अति प्रभावित भए पनि समग्र रुपन्देहीमा कति उद्योग प्रभावित भए त्यसबारे यकिन तथ्यांक आई नसकेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेको भनाई छ । उनले भोली सम्म यसको जानकारी आए पछि मात्र संघले के गर्ने भन्ने विषयमा अगाडी बढ्ने बताए ।

यस्तै संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले डुबानबाट प्रभावित साना उद्योगलाई राहतका कार्यक्रम ल्याईने र ठूला उद्योगका हकमा उनिहरुको बीमा रकम लगायतका प्रकृयाहरुबारे सहजीकरण गरिने जनाए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ