३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । “कोरोना भाइरसविरुद्धको खोपको म्यादका सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,” सूचनामा भनिएको छ । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

५ लाख बढी प्रतिस्पर्धी रहेको ड्रिम टोयोटा कार आर्ट प्रतियोगितामा नेपालबाट बुटवलकी निकिता बनिन् उत्कृष्ट विभिन्न स्थानमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ सुनको मूल्य ४०० रुपैयाँ घट्यो लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया बुटवलको सडकको अवस्थाः जनसरोकारको बिषय