८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई शुक्रबार एमाले निकट विद्यार्थीहरुले कालोमोसो दलेका छन् । अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वमा गएको ३/४ जनाको समूहले दिउँसो पौने २ बजे मेसुको कार्यकक्षमै गएर कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए ।

Advertisement

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मेसुलाई कालोमोसो दल्ने सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्काका विरुद्धमा उजुरी परेको बताएको छ । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताए । अस्पतालका मेसु सिंहले ३/४ जनाको समूह मेसुको कार्यकक्षमा गई अस्पतालको सेवाको बारेमा सोधेपछि टाइफाईड भएको बिरामीको ब्लड कल्चर चेकको व्यवस्था यस अस्पतालमा नभएको र मेनपावरको अभावलगायतका कुरा बुझाउन खोज्दा बिचमै एक जनाले कालोमोसो दलेको बताएका छन् ।

‘ती व्यक्तिका अनुसार आफ्नो श्रीमती बिरामी भएको भन्ने हो तर त्यसबारे थाहा भएन र एक जना बुढो मान्छे बाटोबाटै समातेर ल्याएका थिए । तर यसो हेर्दा त यो एउटा प्रायेजित नियोजित जस्तो देखियो कसैको आडमा नै आएको देखियो ।’ डा.सिंहले भने ‘कानुनले जति सक्यो चाँडै कारबाही गरोस्, अस्पतालमा काम गर्ने वातावरण पैदा होस्, यदि ती समूहलाई कानुनले कडाभन्दा कडा कारबाही गरेन भने अस्पतालका सबै स्वास्थ्यकर्मीहरु असुरक्षित हुने अवस्था हुन्छ ।’ यहाँ स्वास्थ्यकर्मीहरु २४ सै घण्टा काम गर्नु पर्ने भएकाले कुनैपनि समयमा घटना घट्न सक्छ र सुरक्षाको पनि प्रत्याभूति भएन भने अप्ठ्यारो पर्छ ।’

त्यस्तैगरी अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले भने ‘यसरी अस्पताल जस्तो संवेनशील ठाउँमा आएर उपयुक्त खालको काम गर्ने वातारण नदिने हो भनेपछि कसरी काम गर्न सकिन्छ ?’ साथै अस्पताल विकास समितिको तर्फबाट शुक्रबार भएको यस घटनाप्रति खेद प्रकट गरेको र सम्बन्धित व्यक्तिलाई हदैसम्मको कारबाहीको माग गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताए ।

त्यस्तैगरी चिकित्सकहरुको संगठनको तर्फबाट भोलि (शनिबार) ९ बजेसम्म सम्बन्धित अपराधिहरुलाई पक्राउ गरी कानुनी दायरामा नल्याउदासम्म अस्पतालको ईमरजेन्सी, सुत्केरी, डायलासिस र अत्यावश्यकसेवा बाहेक अन्य सबै सेवा बन्द रहने निर्णय गरेको उनले बताए । त्यस्तै अध्यक्ष न्यौपानेका अनुसार ५० बेडको अस्पताललाई ९५ वेडमा सेवा प्रवाह गरिरहेको र जनशक्तिको पनि अभाव रहेको अवस्थामा यस्ता घृणित कार्यप्रति अस्पताल विकास समिति खेद प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’