१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । सबै बिहान भएकोले ब्युझि सकेका थिए । भैरहवा परासी सडक खण्डको सेमरहवाका पनि सबै जना नित्य कर्ममा लागेका थिए । बिहान करिब ६ बजे एक्कासी घरमा पानी पस्न थालेपछि सबै हतारिदै ज्यान जोगाउन भौतारिन थाले । कसैका खाट बग्न थाले, कसैका चौपाया ।

Advertisement

एक्कासी पसेको बाढीका कारण चौपाया र अन्य सामाग्री जोगाउने प्रयासमा प्राय सबैको अन्न भिजेको छ । आधा घर नै भरिने गरि आएको पानीका कारण अधिकांशका माटोको भकारी फुटेर अन्न नोक्सान भएका छन् । बाढीको कारण घरमा रहेका सबै खाद्यान्नमा क्षती पुर्याएको स्थानिय रमेश कुर्मीले बताए । “बिहानै बाढी घरमा पस्यो, न अन्न जोगाउन सक्यौ न त पशु नै ।” उनले भने । बाढीले सेमरहवाका मात्रै ३५ घर अति प्रभावित भएका छन् । प्राय कच्ची घरहरु रहेको सो टोलमा अधिकांश घरको केही भाग मात्र डुब्न बाँकी रहेको छ ।

सेमरहवाका सबै परिवार बिहानै देखी भोका छन् । बालबालिकाहरु पानीमै भोकै जोगिएर बसेका छन् भने चौपायाहरु समेत आधा भन्दा बढी डुबेर भोकभोकै डुबान कम हुने प्रतिक्षा गर्दैछन् । अहिले सम्म सो क्षेत्रमा यस्तो बाढी नआएको स्थानीयहरु बताउछन् । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारणले रुपन्देहीका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । जिल्ला सदरमुकाम भैरहवा, तिलोत्तमा, मर्चवार तथा धकधई लगायतका दक्षिणका क्षेत्रहरु डुबानमा परेको छन् ।

मर्चवारको दानव खोलाले बाढीमा बगाएर ल्याएको दाउरा टिप्ने लोभमा खोलामा पसेका सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ का २० बर्षिय बब्लु लोधलाई खोलाले बगाएको छ । बिहानै खोलाले बगाएका उनको अहिले सम्म पत्ता नलागेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

यस्तै अविरल बर्षाका कारण रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर १, ३ र ४ प्रभावित भएको छ । यी वडाहरुमा रहेका बस्तीहरुमा पानी पस्दा अधिकांश घर जलमग्न भएका छन् । घरहरु डुबानमा पर्दा घरभित्रका अन्न, लत्ताकपडा, घरपालुवा पशुपंक्षीहरु पनि प्रभावित भएका छन् ।

यस्तै भैरहवा–भुमहि मूख्य सडक खण्ड पनि प्रभावित बनेको छ । मूख्य बाटोमै करिब ३ फिट पानी बगेको कारण सवारी आवागमन प्रभावित बनेको छ । मूख्य बाटोबाट आउदै गरेको भारतीय ट्रक पनि पानीले बगाएको छ । भैरहवा–बुटवल सडक खण्डको पनि भलवारी, पत्थरडाँडा, मधवलिया क्षेत्र प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा