ताजा अपडेट »

राजमार्ग चौराह–गोलपार्क सडक निर्माण सम्पन्न गर्न तरुण बुटवलले बुझायो ज्ञापन

शुक्रबार, ११ भदौ २०७८, ०९ : २२
22 Shares

बुटवल । बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको बाटो पुन निर्माणको माग गर्दे नेपाल तरुण दल बुटवल उपमहानगरपालिका समितिले सडक डिभिजन कार्यलय बुटवलमा ज्ञपान पत्र बुझाएको छ । नगर अध्यक्ष सुजन पुन र क्षेत्रीय अध्यक्ष हसन्त लामा लगायतको समुहले सडक डिभिजन कार्यालयमा गएर कार्यालय प्रमुख जयलाल मरासीनीलाई ज्ञापन पत्र बुझाएका हुन ।

बुटवल उपमहानगरपालिकाको मुटुको रुपमा रहेको चौराह देखी बोलपार्क सम्म तथा देविनगर लगायतको बाटोमा लामो समयदेखी खाल्टाखुल्टी हुनुका साथै सडकमा पानी जमेकाले सो बाटो हिँडन सवार चलाउन निकै सास्ती व्यहोर्नु परेको भन्दै ज्ञापन पत्रमा खाल्टा खुल्टीले गर्दा यातायात आवत जावतमा कठिनाई मात्र नभइ सडक दुर्घटना समेत निम्त्याएको यथाशिघ्र मर्मतका लागि माग गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।