ताजा अपडेट »

नेपालमाथि रावलको कटाक्ष- 'प्रधानमन्त्री भइसकेर एमाले नै काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक'

विहीबार, १० भदौ २०७८, २१ : २२
6 Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाललाई एमालेको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले नै काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताए ।

‘दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा ९एमाले०लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।’ रावलले ट्विट गर्दै भने, ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।