१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

Advertisement

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ । यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति शशी श्रेष्ठले आवश्यक परे कानुन संशोधन गरेरै भए पनि कारवाहीको दायरामा ल्याउन भनेको जानकारी दिए ।

बैठकले दार्चुला ब्यास गाउँपालिका–२ का तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको घटना प्रकरणमा समितिको गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । समितिले पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

त्यस क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षाका साथै पुल, मोटरबाटोलगायत आवश्यक पूर्वाधारको यथाशीघ्र निर्माण गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिए । समितिले दार्चुलादेखि तिङकरसम्मको सडक तत्काल निर्माण गर्न, तुइन विस्थापित गरी झोलुङ्गे तथा पक्की पुलको व्यवस्था गरी त्यहाँका बासिन्दालाई खाद्यान्न र औषधिको आवश्यक व्यवस्था गरी जनजीवन सामान्य बनाउन पनि सरकारलाई अनुरोध गरेको छ ।

यस्तै कञ्चनपुरकी निर्मला पन्तको विसं २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउनु दुखद भएको उल्लेख गर्दै समितिले सत्यतथ्यका आधारमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।

बालिका तथा महिलामाथि हत्या, हिंसा र बलात्कारजस्ता घटना नियन्त्रण र अपराधीलाई समयमा कारवाही गर्न नसक्दा मानवताविरुद्धका घटना बढ्दै गएको सन्दर्भ जोड्दै समितिले त्यस्ता घटनाको नियन्त्रण र संलग्नलाई हदैसम्मको कारवाही गर्न आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको लागि ‘मार्सल टिम’ प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने दाङका २ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा