ताजा अपडेट »

एकीकृत समाजवादी सरकारमा सहभागि हुन्छः अध्यक्ष नेपाल

विहीबार, १० भदौ २०७८, १६ : ०८
6 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् ।

निर्वाचन आयोगमा दल दर्ता भएपछि बिहिबार दिउँसो नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागि हुने बताएका हुन् । ‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।