१७ आश्विन २०७९, सोमबार

Oct 3, 2022

मनाङ । जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।

Advertisement

बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्णरूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरु आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । उनीहरुले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ ।

“घर बिदामा जानुभएका कार्यालय प्रमुख बाढीपहिराका कारण सडक अवरुद्ध भएपछि कार्यालय फर्किनुभएको छैन”, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, “एक त सडक सञ्जालले पनि समस्या निम्त्याएको छ । अर्को विपद् आउनुभन्दा अघिजस्तो काम हुँदैन भनेर पनि होला ।” मनाङको शैक्षिक सत्र सकिने अवस्थामा समेत शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख पनि कार्यालयमा अनुपस्थित रहेका छन् ।

त्यस्तै बाढीपहिराका विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध हुँदा त्यसको मर्मतका लागि जुट्नुपर्ने अवस्थामा नेपाल विद्युत् प्राधिकरण मनाङका प्रमुख पनि जिल्ला बाहिर रहेका छन् । विद्युत् मर्मत तथा सम्भारका साथै विद्युत् आपूर्तिका लागि काम गर्नुपर्ने अवस्थामा सडक सञ्जालको समस्या देखाउँदै उनी जिल्ला बाहिर रहेको बताईएको छ ।

कार्यालयका प्रमुख नै बाहिरी जिल्लामा रहँदा जिल्लाको विपद् व्यवस्थापनमा समस्या भएको प्रजिअ लामिछानेले बताए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

घोडा दौडमा बोहोरा प्रथम, ५ हजार पुरस्कार दशैंले छोएन ७० वर्षीय साइँलालाई, सधैं बालुवामै संघर्ष स्रोतमै फोहर वर्गीकरण : भएन कार्यान्वयन दाङमा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु १७ लाखले छाडे काठमाण्डौं तोकियो निर्वाचनका लागि खर्चको सीमा त्रुटि सच्याएर समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकियो शालिकले बढ्यो दरबारको आकर्षण गायक कमल खत्रीले गरे विवाह, विवाह खर्चको रकम असहायलाई अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स दशैं पर्व : हराउँदै मौलिक संस्कृति उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र दशैंमा अस्थायी पुलले ल्याएको खुसी निर्वाचन भयरहित बनाउन रुपन्देहीका सरकारी अधिकारीहरुको आग्रह शान्ति समाजद्वारा वद्ध आश्रममा खाद्यान्न प्रदान एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा बासी र सडेगलेका खाना नखान आग्रह अर्घाखाँचीको डमरू दहमा डुवेर एक व्यक्तिकाे ज्यान राउटे बस्तीमा दशैंको चटारो गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो