ताजा अपडेट »

प्रदेश १ का मुख्यमन्त्री राईले दिए राजीनामा, आचार्य आजै मुख्यमन्त्री बन्ने

विहीबार, १० भदौ २०७८, १२ : ०८
4 Shares

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । बिहीबार बिहान राईले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

साथै मुख्यमन्त्री तथा संसदीय दलका नेता राईकै प्रस्तावमा बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको छ । आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ । माधवकुमार नेपाल निकट रहेका आचार्य  (एकीकृत समाजवादी)मा जाने सम्भावना भएपछि मुख्यमन्त्रीको अफर गरिएको बुझिएको छ । आचार्यले पनि नेकपाका सांसदलाई मन्त्री बनाउने आश्वासन दिँदै एमालेमै रोक्ने प्रयास जारी राखेका छन् ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।