ताजा अपडेट »

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता

बुधबार, ०९ भदौ २०७८, २१ : ३३
6 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा बुधबार उक्त दल दर्ता भएको हो । दल दर्ता नम्बर १६६ रहेको छ ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८)को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।