१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार दाँते ओखरको बिरुवा उत्पादन गरेबापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नका लागि घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा केही समय पहिले पक्राउ गरेको थियो । आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले रु पाँच हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहलाई पक्राउ गरेको छ । घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामान नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पाइएको आरोप लागेको छ । आरोपी साहको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते